SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/६ गते
    ६८१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    रोटरी क्लब अफ पोखरा फिस्टेलको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९ र २० का अध्यक्ष रो. अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भएको छ । आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिदै थापाले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले रुपमा शिक्षा स्वास्थ लगायतका बिभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्य सम्पन्न गरि यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण रोटरीयन र शुभचिन्तक, सहयोगदाता प्रति आभार समेत व्यक्त गर्नुभएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बर्ष २०२० र २१ का अध्यक्ष रमेश प्रसाद कोईरालाले आफ्नो कार्यभार ग्रहण गर्दै कोरोनाको यो बिषम परिस्थीतीमा क्लबले बिभिन्न क्षेत्रमा कार्य गर्नुपर्नै र थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । बिश्व शान्ती र कोविड १९ को महामारीको समाप्तीको कामना गर्दै संचालन भएको सो कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा रोटरीको उद्देश्य अनूरुप प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । यस बर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक गर्भनर राजिव पोख्रेलले बिधुतिय प्रणाली मार्फत सम्बोधन गर्दै प्रत्येक रोटरीयनहरु निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुनुपर्ने बताउनुभयो । कोरोनाको कहर बाट बिश्व आक्रान्त बनेको बेलामा लक्षित समूहलाई सहयोग गर्नुपर्ने भएका कारणले अन्तराष्ट््िरय स्तरबाट पनि सहयोग जुटाउनु पर्नै अबस्थालाई मध्यनजर राख्दै ग्लोबल ग्रान्ट प्राप्त गर्नका हामीले पनि रोटरी कोषमा रकम सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो । यसका साथै सोहि अबसरमा उहाँले रोटरीयनले पूरा गर्नुपर्नै दायित्व र बिभिन्न पक्षबारे जानकारि समेत दिनुभएको थियो ।

    सोहि कार्यक्रममा एसिस्टेन्ट गर्भनर दुर्गादत्त आचार्यले कार्यक्रमको सफलताको कामना गर्दै रोटरी क्लबको आवश्यकता र यसले समाजमा कसरी योगदान पुरयाउन सक्छ भन्ने बारेमा प्रकाश पार्नुभएको थियो ।

    नेपाल सरकार र बिश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलको पूर्ण पालना गर्दै सम्पन्न भएको सो कार्यक्रममा एसिस्टेन्ट गर्भनरहरु मिनु कुँवर र बिष्णुहरि तिमिल्सिनाको बिशेष उपस्थिति रहेको पनि थियो भने आफ्नो कार्यकालमा प्रभावकारी कार्य गर्नुभएका रोटरीयनलाई अध्यक्ष अर्जुन थापाले मायोको चिनोले सम्मान व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन बर्ष २०२० र २१ का सचिव रबिन्द्र केसीले र्संचालन गर्नुभएको थियो भने रो. पूर्व अध्यक्ष लक्ष्मी थापा गिरीले स्वागत र रो. बासु त्रिपाठीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सोहि कार्यक्रममा सहसचिव कमला गिरीले बिशेष अतिथीको जिवनी र पूर्व अध्यक्ष रमाकान्त बरालले अध्यक्ष रमेश कोईरालाको जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, बिभिन्न क्लबका अध्यक्षहरु, रोटरीयन , रोट्र्याक्ट, ईट्रयाक्ट हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं