SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२३ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलबस्तु । तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना दिइएको छ । जसमध्ये कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को कुल ६ करोड १६ लाख रुपैया बराबरको योजना समावेश गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तराई मधेश समृद्धि कार्यक्रमले कृषि, पेशागत तालिम, बिद्यालय भवन, मदरसा भवन, धर्मशाला, सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतिको योजनालाई समावेश गरेको जानकारी पूर्वमन्त्री ईश्वर दयाल मिश्रले दिनु भएको छ । साथै बिश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड—१९) रुपी महामारीको रोकथाममा सरकार लागिपरेकोले धेरैजसो योजनाहरु समावेश न भएको प्रति संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीले दुख ब्यक्त गर्नुभएकाे र आगामी आर्थिक बर्षमा सो योजनाहरुलाई प्राथमिकता दिइने आश्वासन समेत दिनु भएको कुरा पूर्व मन्त्री मिश्रले बताएका छन् ।

    स्थानीय जनप्रतिनिधिहरुले स्थानीय जनताको आवश्यकतालाई हेर्दै स्थानीय तहको सिफारिस तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रको अथक प्रयास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीको निर्देशनमा कुल ६ करोड १६ लाख रुपैया बराबरको योजनाहरु समावेश भएको कुरा हर्षका साथ बताएका छन् ।

    अत्यावश्यक योजनाहरु समावेश गरेको र बाकी योजना समावेश गर्ने आश्वाशन दिएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीलाई कृष्णनगर नगरपालिकाको उपमेयर शबनम खातुन, नेकपा नगरअध्यक्ष जाबेद आलम खा, कृष्णनगर वडा नम्बर ३ का वडाध्यक्ष सगीर अहमद खान, कृष्णनगर वडा नम्बर ५ का वडाध्यक्ष जमिल खा, कृष्णनगर वडा नम्बर १० का वडाध्यक्ष अब्दुल मोबीन खान, कृष्णनगर वडा नम्बर ११ का वडाध्यक्ष फागु मुराऊ लगायत स्थानीय समाजसेवी, बुद्धजीवी युवा बर्ग, बिकासप्रेमी र कृषक अगुवाहरूले धन्यबाद दिएका छन् ।

    तराई मधेश समृद्धि योजना अन्तर्गत बिजयनगर गाउँपालिकाको स्वीकृत भएका योजनाहरुको बारेमा कुरा गर्दा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले, २ करोड २२ लाख बराबरको १० वटा योजनाहरु आफ्नो गाउँपालिकामा परेको जानकारी दिदै त्यसको बारम्बार अथक प्रयासको लागि पूर्वमन्त्री मिश्रलाई धन्यवाद दिएका छन् । साथै गाउँपालिका अध्यक्ष थापाले योजनाहरुलाई प्राथमिकता दिई समावेश गर्ने निर्देशन दिएकोमा सं.मा.तथा सा.प्र.मन्त्री मा. त्रिपाठी प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

    त्यसैगरी कपिलबस्तु निर्वाचन क्षेत्र ३(क) का प्रदेश सभा सांसद अर्जुन कुमार केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेको शिवराज नगरपालिकाको १ करोड ३७ लाख रुपैया बराबरको ५ योजना र महाराजगंज नगरपालिका ७ को १ करोड रुपैया बराबरको २ योजनाकोलागि सामान्य प्रशासन मन्त्री मा. हृदेश त्रिपाठी र निरन्तर प्रयासरत पूर्वमन्त्री ईश्वर दयाल मिश्र दुबै जनाप्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

    ब्यापार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष माधव पोख्रेलले देशमा कोरोना महामारीले आर्थिक संकट उत्पन्न गरेको बेला कपिलबस्तु संसदीय क्षेत्र नम्बर ३ मा ६ करोडको योजना आउनु सानो कुरा न भएकाे बताएका छन् । कपिलबस्तु क्षेत्र नम्बर ३ को योजनाहरुलाई प्राथमिकताका साथ समावेश गरीदिएकोमा मा.हृदेश त्रिपाठीलाई हृदयतल देखि धन्यवाद दिदै पूर्वमन्त्री मिश्रको क्षेत्र बिकास प्रति गर्दै आएको अथक प्रयास प्रसंशनीय भएको बताएका छन् ।

    कपिलबस्तुका दश स्थानीय तहहरुमध्ये कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका, शिवराज नगरपालिका र महाराजगंज नगरपालिका ७ को स्थानीय आवश्यकतालाई हेर्दै स्थानिय तहको सिफारिस तथा बिकास प्रेमी पूर्वमन्त्री मिश्रको अथक प्रयास र सामान्य प्रशासन मन्त्री मा.त्रिपाठीको निर्देशनमा समावेश गरिएका योजनाहरु निम्नवत छन् —

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं