SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१० गते
    १५५७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नेपालमा ५१६ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको छ । भित्र भित्रै भुसमा आगो लागेझैँ कोरोना भाइरस फैलिरहेको अवस्थामा कुश्मा बजारमा भने यसको कुनै असर भने देखिदैन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रशासनले एक दुई दिन लकडाउनलाई कडाई गरेजस्तो गरेपनि बजार भित्र चहलपहल र भिडभाड भने उस्तै छ । लकडाउन लाई कडा पर्नुपर्छ भन्ने बजारबासीको आबाज भएपनि पालना भने कसैले गरेको देखिदैन। एकअर्काको देखासिखीमा पसल खोल्ने र सबारीसाधन गुडाउने होडबाजीनै देखिन्छ बजार भित्र।

    मान्छेहरु निर्धक्क डुलिरहेकाछन्, टोलटोल मा जम्मा भएर गफ पनि लडाएका छन्, बैंक हरुमा पनि भिडभाड उस्तै छ,बिना पासका सबारीसाधन पनि गुडिरहेका छन्, बजार भित्र बाहिरबाट अबत-जावत पनि भईरहेको छ, साना चिया पसल बाहेक पहुँच भएका होटल पनि खुलिरहेका छन् र अत्यावश्यक पसल बाहेक अन्य पसलहरु पनि खोलेर व्यापार गरिरहेका छन् के यसैलाई नै हो त लकडाउन भन्ने ? । मोवाईल पसल, शृंगारपसल र फेन्सी पसलहरु पनि दैनिकी जसो खुलिरहेका छन् । हाम्रो हिड्ने बाटो यहि हो भन्दै सानो सटर खोलेर भित्र ७/८ जना छिराएर व्यापार पनि गरिरहेका छन् के यस्तो गर्दा कोरोना नलाग्ने हो र ? यहाँ कसैलाई कोरोनको त्रास छैन ।बिशेष गरि शिवालय चोक देखि प्रगतिचोक सम्म यस्ता दृश्य दिनहु देख्न सकिन्छ ।

    जिल्ला प्रशाशन कार्यालयले लाकडाउनलाई प्रभाबकारी बनाउन खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न पाईने नियम बनाएपनि बजारमा प्रशासनको सूचनालाई पनि अबज्ञागर, अत्यावश्यक पसल बाहेक अन्य पसलहरु खोलेर लकडाउन लाई हेलचेक्र्याइँ गरिरहेका छन् । हाम्रो सूचनाकेन्द्र डटकम लाई एकजना ब्यापारीले भन्नु भयो “पसल बन्द गरेर मात्र संक्रमण रोकिने होइन आवत-जावत र हिडडुल पनि रोकिनु पर्छ कि लकडाउन सबैलाई लागु हुनु पर्यो खोल्ने लाई कारबाही गर्नु पर्यो होईन भने हामीलाई पनि खोल्न दिनु पर्यो” भन्नु भयो। बस्ताबमा नै भन्नु पर्दा बेलैमा हामीसबै सचेत हुन जरुरीछ र प्रशासनले पनि लाकडाउन लाई अझै प्रभाबकारी र कडा बनाउन जरुरी देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं