SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३१ गते
    १६५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच खुशीको खबर बाहिर आएको छ । नयाँ प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको घोषणा गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सार्वजनिक घोषणा गर्दै हामीले कोरोना भाइरसबिरुद्धको खोप तयार गरिसकेका छौ अब प्याक गरेर विश्वभरी पठाउँन मात्र बाँकी छ भनेका छन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर) ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो ।

    यद्यपि बेन्नेटले आफ्नो बयानमा यो बताएनन् कि यो भ्याक्सिनको क्लिनिकल ट्रायल वा ह्युमन ट्रायल भएको हो वा होइन । रक्षामन्त्री बेन्नेटले भने ‘इजरायल आफ्ना नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।’ यो दावी यदि सत्य भएमा कोरोनाभाइरसका कारण छटपटाइरहेको विश्वको लागि धेरै ठूलो राहत हुनेछ ।

    विश्वभरमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ लाख ५२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३६ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्वभरी १०० भन्दा धेरै वैज्ञानिक टिमहरु भ्याक्सिन विकसित गर्नको लागि काम गरिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले सबैभन्दा ठूलो ह्युमन ट्रायल गरिरहेको छ । चीन, अमेरिकामा पनि यसको ट्रायल चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं