काठमाडौं । अहिले नेपालसहित विश्व कोरोना महामारीसँग लड्दैछ । नेपालमा आज एकजना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ३२ पुगेको छ । चार जनाले कोरोनालाई हराई पनि सकेका छन् ।
सबैले आ–आफ्नै तरिकाले कोरोनासँग लड्दैछन् । यो बीचमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पनि यो भिडमा कुद्नु भएको छ । उहाँ हाल डडेल्धुरामा हुनुहुन्छ । उहाँले सरकारलाई लकडाउनका कारण थन्किएका सरकारी गाडीहरुलाई दूरदराजका बिरामीलाई अस्पताल ल्याउन प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
केसीले लकडाउनको अबधिमा बिभिन्न खाले रोग लागेका वा भिरबाट लडेर घाइतेहरुको संख्या कम नभएको बरु बढेको भन्दै सार्वजनिक यातायात नचल्दा उनीहरु अस्पतालसम्म आउन सक्ने अवस्था नरहेको बताउँदै सरकारसँग यस्तो अपिल गर्नुभएको हो । कतिपयले महंगो शुल्क तिरेर एम्बुलेन्स प्रयोग गरिरहेपनि धेरै जना आर्थिक अवस्थाका कारण रोग पालेर बस्न बाध्य भएको उहाँको बुझाई रहेको छ । अहिले थन्केर बसेका सरकारी गाडीलाई बिरामी बोक्ने काममा लगाउन उहाँको अनुरोध छ । उहाँले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउँनु भएको हो ।
youtube.com/watch?v=nXYQB_VGhD0