SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
    ३०६७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कृष्णनगर।
    कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।  किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारणले नेपालमा पनि ५जना विदेश बाट फर्केर आएको व्मक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीम को मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवार को पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवार को घर मा कोई भोकै नरहोस भन्ने भावना का साथ आज कृष्णनगर नगरपालिका भित्र पहिलो चरण मा हामी ले २५किलो चामल, ५किलो दाल,पिठो, तेल, आलू, , नून,लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष लाना मसहूद खां नेपाली ले बताय।

    उक्त समाग्री वितरण कार्यक्रममा नेकपा कृष्णनगर नगरसमिती अध्यक्ष जावेद आलम, युवा सहयोगी वसीम खान, कैफ खान, वसीउल्ला चौधरी लगायत भद्रभलादमी हरुको उपस्थिती थियो। यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद घडी मा म सहयोग दिने तैयार रहेको किमम फाउन्डेसन नेपाल का अध्यक्ष शैख अब्दुल कय्यूम मदनी ले प्रतिबद्धता समेत जनाएका थिए।
    यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र अब आ आफ्नो स्तर बाट सबै लाई गरिब असहाय जनता को सहयोग गर्ना को लागि राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गर्नु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं