SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    १५१६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत बहालवाला र सेवा निवृत्त सैनिकका छोराछोरीहरुलाई छात्रबृति वितरणमा सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

    नेपाली सेनामा कार्यरत सैनिक तथा भुपु सैनिकका छोराछोरीहरुले निजि विद्यालयमा अध्ययन गरेवापत दुवै पक्षवाट छात्रबृत्ति पाउने भएका छन् । पर्वतका आदर्श अंग्रेजी आवासीय मावि, नमुना मावि र कालीगण्डकी एकेडेमीमा भर्ना गरेमा विद्यालय र नेपाली सेनाको कल्याणकारी कोष दुवैले छात्रबृत्ति दिने भएका हुन् ।

    कक्षा ६ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाका बालबालिकाहरुलाई प्रत्येक विद्यालयले बार्षिक २० हजार र नेपाली सेनाको कल्याणकारी कोषवाट २० हजार रुपैया गरी ४० हजार रुपैया छात्रबृत्ति रकम सहयोग गरिने भएको छ । कक्षा ६ देखि १२ सम्म ८÷८ जनाका दरले उक्त छात्रबृत्ति रकम उपलव्ध गराईने सहमति भएको आदर्श अंग्रेजी बोर्डिङ स्कुलका पिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले बताए । प्रत्येक शैक्षिक सत्रमा १ सय ६८ जना सैनिकका छोराछोरीहरुले उक्त सहुलियत पाउने भएका छन् ।

    अहिले कक्षा १० मा अध्ययनरत विद्यार्थीले बार्षिक ६३ हजार रुपैया शुल्क तिर्नुपर्ने अवस्था रहेको छ । उक्त रकममा विद्यालयले २० हजार र नेपाली सेनाको कल्याणकारी कोषवाट २० हजार सहुलियत दिने भएपछि २३ हजार रुपैयाले कक्षा दशको पढाई पुरा गर्न पाउने भएका छन् । यस्तो सहयोगले नेपाली सैनिकका छोराछोरीहरुको पठनपाठनमा सहुलियत पुग्ने भुपु सैनिक चन्द्रप्रकाश पौडेलले जानकारी दिए । उनले भने –‘यो सहयोग र सहकार्य निरन्तर भईरहन्छ ।’

    प्रत्येक तीन तीन वर्षमा नविकरण गर्नेगरी आइतवार विहान केवल जंग गुल्म गोदाम व्यारेकमा निजि विद्यालयका संचालक र नेपाली सेनाका गुल्मपती सेनानी अर्जुन दुलालबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । जसमा भुपु सैनिकको तर्फवाट डिल्लीराम अधिकारी र चन्द्रप्रकाश पौडेलले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । विद्यालय र सेनाले दिने शुल्क बाहेक शैक्षिक भ्रमण शुल्क, यातायात शुल्क र परिक्षा शुल्क भने स्वयं अभिभावकले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    उक्त सहुलियत लिनका लागि विद्यार्थीहरु सम्वन्धित विद्यालयले लिने प्रवेश परिक्षामा भने उत्तिर्ण हुनुपर्ने प्रावधान तोकिएको छ । यस्तो सहलियतले नेपाली सेनामा कार्यरत र सेवा निबृत्त भएकालाई ठुलो राहत मिल्ने र नेपाली सेना र विद्यालयबीचको आपसी सहयोग र सद्भाव समेत बृद्धि हुँदै जाने कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्दकुमार कर्माचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं