SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    १०४२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा कास्की । कास्कीको रेडियो लेखनाथ आजदेखि ९ वर्ष पूरा गरी १० औ वर्षमा प्रवेश गरेको छ । शहिद दिवसको अवसर पारेर प्रसारण प्रारम्भ गरेको रेडियो १० वर्षमा प्रवेश गरेको हो । २०६७ साल माघ १६ गते कास्की जिल्ला साविकको लेखनाथ नगरपालिका स्थापित पहिलो सामुदायिक रेडियोले विहीबार १० औ वर्षमा प्रवेश गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा र अनलाईनको माध्यम बाट देश तथा बिदेशमा समेत एकै साथ सुन्न सकिने छ । अपरिहार्य समयको माग भन्ने मूल नारा बोकी स्थापना भएको रेडियोले आम नागरिकको सूचनाको अधिकारलाई प्रत्याभूति गराउदै सूचना, शिक्षा, संञ्चार र मनोरञ्जन प्रदान गर्ने नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र सम्मुनत समाज निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति र विसंगति विरुद्ध चेतना जगाउने उदेश्य राखि स्थापना भएको रेडियोले लाखौ श्रोताको मन जित्न सफल भएको छ ।

    साविकको लेखनाथ नगरपालिका वडा नं. ३ हाल पोखरा २६ सुन्दरीबजारमा स्टुडियो रहेको रेडियोले प्रसारण गरीरहेको छ । सात तालको बाटिका शहर तथा कविशिरोमणी लेखनाथ पौडयालको जन्मथलोबाट प्रसारीत रेडियोले मुख्यतः आफ्नो गाउ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गर्दै आइरहेको छ । रेडियो लेखनाथले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ । रेडियो लेखनाथले प्रसारण गरेको विभिन्न कार्यक्रमहरु समुदायको अभिन्न अंग बन्न सफल भएको रेडियोका अध्यक्ष रामकृष्ण जिसीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं