SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१० गते
    १०४१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन् । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    दुवै परिवार खुसी भएपछि उनको खुसी झन दुइगुना भएका थियो । महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर विवाह गरेकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार नगरेका हुन् ।

    पाँच दिन पछि हुने आफ्नो विवाहका लागि साथीलाई कार्ड पुर्याउन हिडेकी उनलाई टिपरले ठक्कर दियो । उनी कहिल्यै नफर्कने गरी अस्ताइन् । महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेको उनको घण्टापछि नन्दले फोन गर्दा लागेन । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो।

    पाँच दिन पछि सिउँदोमा सिन्दुर भरेर आफ्नो घरमा औपचारीक रुपमा भित्र्याउने सपना बोकेका प्रकाशको सपना पनि भताभुगं भयो । प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशले सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस लेखेका छन् । उनले रमितासंग विताएका पलका तस्बिर सार्वजनिक गर्दै अब आफु पनि छिट्टै आउने लेखेका छन् । उनले लेखेका छन्, तेरो लागि रातो साडी पनि किनेको छु नी बुढि हाम्रो पर्सी विहे हो ।

    कहाँ छस् छिटो आइज न प्लीज । एक चिप्टी सिन्दुरको लागि तैंले आफ्ना आफन्त सबैलाई छोडेर मलाई साथ दिइस् म संग आइस् तर अहिले मलाई बिच बाटोमा छोडेर किन गइस् ? अब यति लामो जिवनको वाटो म एक्लै कसरी हिड्नु ? कति सपनाहरु थिए किन धोका दिइन् ?तँलाई मैले पहिले नै भनेको थिए तलाई केही हुनु पहिला नै म रहन्न भनेर ? मलाई एक्लै किन छोडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँ । मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दुर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँ संग बुढी । मलाई नभुलेस् है मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँ संगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं