SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    ७७४ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म हुन लागेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी पुरा भएको छ । यज्ञको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्ने कार्यक्रम छ।उद्घाटनको दिन शुक्रवार विहान साढे ८ बजे स्थानीय काँडे बजारबाट शोभायात्रा सुरु हुने यज्ञ मूल आयोजक समितिका महासचिव हरीप्रसाद शर्माले जानकारी दिए ।सो यात्रा पाउँदुरकोट, पत्थर, लक्ष्मी देउराली, क्याम्पस गेट, रयाले हुँदै यज्ञ स्थल प्रवेश गर्नेछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यज्ञको तयारी अन्र्तगत पत्थर, लक्ष्मी देउराली, क्याम्पस गेट, पाउँदुर घुम्ती लगायतका स्थानमा प्रवेशद्वारको निर्माण भइसकेको छ ।त्यस्तै बिहीवार बिहान साढे १० बजेदेखि काँडे बजारबाट मोटरसाइकल ¥याली निकाल्ने तयारी पनि भएको छ।त्यस्तै बिहीवारै यज्ञको पुर्वाङ पनि गरिदै छ । यज्ञ अन्र्तगत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चण्डिपाठ लगायतका कार्यक्रम गरिने छ ।यज्ञको भागवत् भाष्कर प. कमलनयन गौतम मुख्य वाचक रहेका छन्।

    यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुननिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं