SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    ५०२२ &#२३४६;&#२३३५;&#२३२५;

    नेपालीहरू अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रूपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन । मेक्सिकोको सीमाबाट त्यसरी अवैध रूपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ । नेपाली अमेरिका गएर लुक्ने मात्र होइन, कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको छ । पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् । गाँ जा खाएर हो’ह’ल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा नेपालमा पर्यटकहरूले एक सय ५० दिन बस्न पाउँछन् । अमेरिकासँग भिसा पारस्पारिकताका आधारमा एक सय ८० दिनसम्म बस्न पाउँछन् । त्योभन्दा लामो अवधि बसेकालाई मात्र अध्यागमन विभागले जरिवाना गरेर निष्कासन गर्छ ।

    ‘अमेरिकीहरू प्रायः ला’गुऔ’षध, बाल यौ’न दु’राचार मुद्दामा नेपालमा पक्राउ पर्छन्,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘कतिपय अ’पराध गरेर लुक्न आएकालाई पनि हामीले पक्राउ गरेर फिर्ता गरेका छौँ ।’ अमेरिकामा बाल यौ’न दु’राचार गरेर लुक्न नेपाल आएका एक अमेरिकीलाई लैजान अमेरिकी सरकारले प्लेन नै चार्टर्डसमेत गरेको थियो ।

    सन् २०१९ मा नेपालबाट निष्कासित हुने विदेशीमा तेस्रो स्थानमा अमेरिकी छन् । पहिलो स्थानमा चिनियाँ र दोस्रो स्थानमा इरानी भएको अध्यागमन विभागले जनाएको छ । नेपालमा बसेर कानुन मिच्ने विदेशी नागरिकमाथि कारबाही बढाइएको विभागका महानिर्देशक पौडेलले बताए । उनी भन्छन्, ‘विकसित देशका नागरिकसमेत नेपालमा वर्षौँदेखि अवैध रूपमा बस्दै आएको पाइयो,’ उनी भन्छन्, ‘त्यस्ता विदेशीमाथि हामीले निगरानी बढाएका छौँ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं