SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    १२९९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा हरेक कलाकारहरुले आफ्नो नाम निमार्णको लागि हरेक समय दौडधुप गरिरहेका छन् । त्यस्तैमा धौलागिरी क्षेत्रमा जन्मिएको एउटा नाम थियो आर.सी पौडेल । आजभोली त्यहि नाम देश बिदेशमा गुन्जीने गरिरहेको छ । स्थानिय तथा राष्टिय स्तरका प्राय कार्यक्रममा देखिन्छन् आरसी पौडेल ।।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस्तैमा उनको कामलाई उच्च मुल्यांकन गर्दै गायक रामचन्द्र पौडेल ‘आरसी’ जन्मगाउँ दुर्लुङमा सम्मानित भएका छन् । गण्डकी प्रदेशको द्धितिय उपाध्याक्ष भएपछि पहिलो पटक गाउँ पुगेका पौडेललाई स्थानीयले एक कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाएर फुल माया सहित प्रशंसापत्रले सम्मान गरेका हुन् ।

    पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका गायक एक दर्शकदेखी लोक साँगितिक क्षेत्रमा क्रियाशिल छन् । उनले दुर्लुङ गाउँलाई समेटेर केही महिना अगडी पञ्चेबाजामा आधारित ‘पर्वते राजा’ बोलको गित बजारमा ल्याएका थिए । कलाकारीताको क्षेत्रवाट दुर्लुङको पहिचान र गरिमालाई बढाएको भन्दै स्थानीयले सम्मान गरेको बताएका छन् ।

    सम्मान पश्चात गण्डकी संचारसँग कुराकानी गदै पौडेलले आफ्नो जन्मगाउँमा आफ्नो समाजवाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताउँदै आगामी दिनमा कलाकारिताको क्षेत्रवाट आफ्नो गाउँलाई अझै चिनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं