SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ९१८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – नेपाल प्रहरीसँग लफडामा परेकी गायिका आस्था राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार अनुसन्धान अघि बढाइने भएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ ।अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सो दफामा उल्लेख छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

    स्रोत अनुसार गायिका राउतलाई आईतबार प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गर्ने तयारी गरेको छ । मुद्दा अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने पनि तयारी गरेको छ ।अभद्र व्यवहार कसूरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्ने व्यवस्था रहेको छ ।राउतमाथि प्रहरी जवान सुनिता श्रेष्ठले उजुरी दिएकी छन् । उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं