SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/३ गते
    ९०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको पाइएको बताएका छन् ।

    त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियोमार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी थिइन् । उनले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।

    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप थियो । तर, अनुसन्धानका क्रममा प्रहरीबाट कुनै गल्ती नभएको सीसीटीभी फुटेजमार्फत पुष्टि भएको डीआईजी पोखरेलले दाबी गरे ।
    उनले भने, ूविमानस्थलजस्तो अति संवेदनशील ठाउँमा सुरक्षा चेकजाँचको विषयलाई लिएर मुलुकको कलाकारजस्तो व्यक्तिले संगठनको बदनाम गर्नु दुखद हो । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले आस्था राउत, अथवा राष्ट्रिय तहका उच्च ओहोदाका वा जो कोही हुन् चेकजाँच गर्छ । अनुहार हेरेर कानुनसँग सम्झौता गर्दैन । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै भने, अनुसन्धानका क्रममा दोषी भेटिए प्रहरीलाई र आस्था दोषी प्रमाणित भएमा उनलाई पनि कारबाही गरिन्छ ।

    डीआईजी पोखरलले अरुलाई सभ्यता सिकाउने एउटा सेलिब्रेटीले प्रयोग गरेको अमर्यादित शब्दले प्रहरी संगठनकै बदनाम गरेको र दुखी बनाएको बताए । उता आस्था राउतले उक्त घटना प्रति क्षमा याचना गरेकी छन् । उनले आफुले अपलोड गरेको भिडियो पनि हटाएकी छन् । तर अन्य साईटमा भने उक्त भिडियो भाईरल भएको छ । उनी एउटा सांगीतिक कार्यक्रममा सिक्किम जाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले बिहीबार भिडियोमार्फत प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं