SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/५ गते
    ८०२ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance ) को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेड को ब्यबस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
    स्थानीय स्तरमा लघुविमाको पहुँच वृद्धि तथा लघुविमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने हेतुले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा लघुविमा सम्बन्धि विषयमा श्रब्य दृश्य सामाग्री प्रस्तुत गरिएको थियो । लघुविमाको सम्बन्धमा नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्य तथा अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम पान्डेले विषयबस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुभास चन्द्र पौडेल , सहकारीको तर्फबाट मिनराज केसी अविरल तथा तुक्ला शाक्य र लघुवित्तको तर्फबाट महादेव गौतमले मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा कुश्मा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा अजोड इन्स्योरेन्स पर्वतका बिक्रम ढुङ्गाना, कृष्ण पौडेल तथा नेपाल विमक संघका कृष्ण न्यौपाने लगायत अन्य व्याक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्यको अध्यक्षता मा संचालित सो कार्यक्रम अजोड इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय शाखा प्रमुख गोपाल पौडेलको स्वागत मन्तव्य तथा अजोड इन्स्योरेन्स लिमिटेड पर्वतका शाखा प्रमुख हरि सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं