SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/७ गते
    ११२२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ ।

    तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । गैर सरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्नेमा काम गर्ने कुरा उल्लेख गर्दे अध्यक्ष पहारीले तालिमलाई सफल बनाउन व्यवहारमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै किडासाका परियोजना व्यवस्थापक सञ्जय आत्रेयले परियोजनाबाट महानगरका पाँच हजार चार सय विद्यार्थीहरु लाभान्वीत हुने जानकारी दिए । तालिमका सिकाई १३ देखि १६ वर्षका किशोर किशोरीहरुलाई विशेष उपयोगी हुनेमा विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सहभागीहरुका तर्फबाट महेन्द्र माध्यामिक विद्यालयका बन्दना केसी र नवप्रभात माध्यामिक विद्यालयका शान्तराम लामिछानेले मन्तव्य राखे । उनीहरुले तालिम उपयोगी भएको धारणा राख्दै सिकेको सिकाइलाई कार्यस्थलमा कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए ।

    तालिममा विभिन्न जीवन उपयोगी सीपहरुको बारेमा प्रशिक्षक भक्तराज रसाइलीले शिक्षकहरुलाई सहजीकरण गरेका थिए ।समापन कार्यक्रम परियोजनाका अध्यक्ष गोविन्द पहारीको अध्यक्षता तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम बाल हीतकारी परियोजना नेपालको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको परियोजनाका फिल्ड निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं