SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२८ गते
    १५०८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् ।

    विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड फायर गेम्स’ अन्तर्गत सान २०१९ को संस्करणमा गुरुङले १० किलोमिटर दुरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा २ ओटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

    पर्वतको महाशिला गाउँपालिका ४ लाम्तुङ घर भएका उनी ३ वर्ष अगाडि सिङ्गापुर पोलिसमा भर्ती भएका थिए । उनले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएका हुन् । २२ वर्ष उमेर पुगेका उनी सिङ्गापुर पोलिसको तर्पmबाट खेलमा सहभागी भएको भए पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा पनि नेपाल भनेर नै उल्लेख गरिएको प्रर्वतका कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए ।

    सुवासले अब अगस्ट १८ मा ५ किलोमिटर दुरीको दौडमा भाग लिने छन् । यसमा पनि सफल बन्न सके भने उनले सहभागिता जनाएका ३ ओटा इभन्टहरुमा नै पदक पाउन सफल हुने छन् ।

    यसैगरी, ३० वर्ष माथिको दौडमा नेपालकै निमेश गुरुङले पनि दुई स्वर्ण पदक जितेका छन् । निमेशले पनि सुवासकै जस्तै १० किलोमिटर दुरीको क्रस कन्ट्री रेस र हाफ म्याराथनमा पदक जितेका हुन् । प्रतियोगितामा उनले आउँदो अगस्ट १८ मा १० किलोमिटर ट्रयाक एन्ड फिल्डमा प्रतिस्पर्धा गर्दै छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं