SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    ८२२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए ।

    नेपालका सबै ठाउँमा तेक्वान्दो खेल्न सकिने भन्दै नेपालमा यो खेलको राम्रो विकास हुन सक्ने सम्भावना औल्याए । उनले नेपाली खेलाडीहरुपनि यो खेलमा निकै प्रतिभाशालि भएको बताए । नेपाललाई सहयोग गर्न अन्र्तराष्ट्रिय महासंघ तत्पर रहेको उनले विश्वास दिलाए ।

    यो खेलको शुरुवात कोरियाबाट भएपनि अहिले संसारभरका विभिन्न २ सय १० राष्ट्रमा यो खेलको प्रभाव रहेको चोइले बताए । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, महासचिव दिपराज गुरुङ्ग, संघका गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङ्ग, महासचिव रमेश पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाली सेनाका पृतनापति काजिबहादुर खत्रि, अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई लगायतले स्वागत गर्दै यहाँको तेक्वान्दोको अवस्थाबारे अवगत गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं