
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत / कुश्मा खरेहाका सागर गिरीले वैशाख १७ देखि पार्किङमा राखेको ट्याक्सी शुक्रबार सडकमा निकाल्ने कोसिस गरे । जिल्ला प्रशासनले निषेधाज्ञा केही खुकुलो गर्दै शुक्रबारदेखि क्षमताभन्दा आधा यात्रु चढाउने गरी आदेश दिएसँगै व्यवसायीले सार्वजनिक सवारी सञ्चालनको प्रयास गरेका छन् ।
निषेधाज्ञा केही खुकुलो भएपछि कुश्मामा सार्वजनिक सवारी चढ्न पालो कुरका यात्रु । लामो समय थन्किएका सवारीमा खिया लाग्ने, पानी चुहिने, टायर च्यातिनेलगायत समस्या एकातिर छन् । ग्यारेज पुर्याएर मर्मतपछि कतिपयले नियमित सवारी सञ्चालनको प्रयास गरे पनि यात्रु नहुँदा पिरलोमा छन् । अर्कोतिर यात्रु भइहाले पनि राजमार्ग र सबैजसो ग्रामीण सडकमा पहिरोले रोकेपछि व्यवसायीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । लक्ष्मण केसीले सवारी खुल्ने खबरले हौसला बटुल्दै अढाई महिना थन्किएको गाडी बिहीबार ग्यारेज लगेर मर्मत गरे । कुश्मा–बागलुङ चल्ने उनको गाडी राजमार्गको पहिरोले ठप्प भयो । ‘पाङको बाटो हुँदै भए पनि जानुपर्यो भनेर तयारी गरें,’ केसीले भने, ‘मेरो बस पास हुनेजस्तो बाटो छैन भनेपछि खचक्क भइयो ।’ गत वर्षको लकडाउनमा ३ लाख रुपैयाँ ऋण खोजेर बैंकको किस्ता र ब्याज तिरेका उनले यो वर्ष पनि करिब २ लाख रुपैयाँ नोक्सान भएको दुखेसो पोखे । ‘हिउँदमा आधा–आधा मान्छे लिएर ब्याजसम्म धानेको थिएँ । त्यो पनि म आफैं ड्राइभर भएर हो । ड्राइभर राख्ने धेरै डुबिसके । अहिले ठक्रक्कै छ,’ लक्ष्मणले दुःख बिसाए ।

गत वर्षदेखि पटक–पटक भएको बन्दाबन्दीले सर्वसाधारणको सार्वजनिक यातायात चढ्ने बानी बदलिएको छ । सार्वजनिक यातायातमा भीडभाड हुने र एकअर्कामा सामाजिक दूरी कायम नहुँदा कोरोना सर्ने भएकाले सर्वसाधारणले त्यस्ता सवारी चढ्न छाडेका छन् । त्यसको प्रत्यक्ष असर लाखौं लगानी गरेका व्यवसायीमा परेको छ । लाखौं लगानी गरेर त्यही व्यवसायबाट मात्रै परिवार पाल्ने सपना बोकेर घामपानी नभनी खटिएकाहरू यतिबेला निराश छन् । ‘कर तिराउन सरकारले लकडाउन खुकुलो बनाएजस्तो गरेको छ । करमा छुट छैन । व्यवसाय नचलेपछि कसरी कर तिर्ने ?’ कुश्मा यातायात प्रालिका अध्यक्षसमेत रहेका गिरीले भने, ‘धेरै गाडीको रिन्यु फेल छ । केही समस्या आइहाले जिम्मेवारी लिने कोही छैन । सरकार लकडाउन खुलाएर कर असुल्ने दाउमा मात्रै छ । अरू जिम्मेवारी बहन गरेको छैन ।’ लामो समय गाडी थन्किँदा बैंकले भने किस्ता र ब्याजका लागि ताकेता गरेको व्यवसायीको गुनासो छ । ‘असार मसान्त भन्दै बैंकले ताकेता गरिरहेका छन् । व्यवसाय नै नचलेपछि किस्ता र ब्याज कसरी बुझाउने ?,’ व्यवसायी कमल सुवेदीले भने, ‘यता सरकारले अत्याउने । अर्कोतिर बैंकले । अति भयो । अब सवारीसाधन र कागजपत्र लगेर सरकारलाई बुझाउनुको विकल्प छैन ।’ व्यवसायीले एउटा सवारीमा २० देखि ५३ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।
जिल्लामा साना–ठूला गरी करिब ५ सय सवारीसाधन छन् । बस, जिप, ट्याक्सी व्यवसायका करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । अहिले केही ट्याक्सी र जिपबाहेक सबैजसो सवारी ठप्प छन् । कोरोनाको त्रास कायमै रहेको भन्दै प्रशासनले अत्यावश्यक काम नपरी सर्वसाधारणलाई घरबहिर निस्किन दिएको छैन । अत्यावश्यक कामकै लागि निस्किएकामध्ये पनि अधिकांशले निजी सवारी र कार चढ्छन् । कालो प्लेटका ठूला बस तथा जिप सञ्चालक बढी मारमा परेका छन् । असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाएर रातो प्लेटका सवारी चल्न दिएसँगै ती सवारीले यात्रु ओसारेर मनपरी भाडा असुल्दासमेत नियामक निकाय मौन बसेको व्यवसायीको गुनासो छ ।कान्तिपुर दैनिकले समाचार छापेको छ तस्बिर : अगन्धर /कान्तिपुर


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया