
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत / कुश्मा खरेहाका सागर गिरीले वैशाख १७ देखि पार्किङमा राखेको ट्याक्सी शुक्रबार सडकमा निकाल्ने कोसिस गरे । जिल्ला प्रशासनले निषेधाज्ञा केही खुकुलो गर्दै शुक्रबारदेखि क्षमताभन्दा आधा यात्रु चढाउने गरी आदेश दिएसँगै व्यवसायीले सार्वजनिक सवारी सञ्चालनको प्रयास गरेका छन् ।
निषेधाज्ञा केही खुकुलो भएपछि कुश्मामा सार्वजनिक सवारी चढ्न पालो कुरका यात्रु । लामो समय थन्किएका सवारीमा खिया लाग्ने, पानी चुहिने, टायर च्यातिनेलगायत समस्या एकातिर छन् । ग्यारेज पुर्याएर मर्मतपछि कतिपयले नियमित सवारी सञ्चालनको प्रयास गरे पनि यात्रु नहुँदा पिरलोमा छन् । अर्कोतिर यात्रु भइहाले पनि राजमार्ग र सबैजसो ग्रामीण सडकमा पहिरोले रोकेपछि व्यवसायीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । लक्ष्मण केसीले सवारी खुल्ने खबरले हौसला बटुल्दै अढाई महिना थन्किएको गाडी बिहीबार ग्यारेज लगेर मर्मत गरे । कुश्मा–बागलुङ चल्ने उनको गाडी राजमार्गको पहिरोले ठप्प भयो । ‘पाङको बाटो हुँदै भए पनि जानुपर्यो भनेर तयारी गरें,’ केसीले भने, ‘मेरो बस पास हुनेजस्तो बाटो छैन भनेपछि खचक्क भइयो ।’ गत वर्षको लकडाउनमा ३ लाख रुपैयाँ ऋण खोजेर बैंकको किस्ता र ब्याज तिरेका उनले यो वर्ष पनि करिब २ लाख रुपैयाँ नोक्सान भएको दुखेसो पोखे । ‘हिउँदमा आधा–आधा मान्छे लिएर ब्याजसम्म धानेको थिएँ । त्यो पनि म आफैं ड्राइभर भएर हो । ड्राइभर राख्ने धेरै डुबिसके । अहिले ठक्रक्कै छ,’ लक्ष्मणले दुःख बिसाए ।

गत वर्षदेखि पटक–पटक भएको बन्दाबन्दीले सर्वसाधारणको सार्वजनिक यातायात चढ्ने बानी बदलिएको छ । सार्वजनिक यातायातमा भीडभाड हुने र एकअर्कामा सामाजिक दूरी कायम नहुँदा कोरोना सर्ने भएकाले सर्वसाधारणले त्यस्ता सवारी चढ्न छाडेका छन् । त्यसको प्रत्यक्ष असर लाखौं लगानी गरेका व्यवसायीमा परेको छ । लाखौं लगानी गरेर त्यही व्यवसायबाट मात्रै परिवार पाल्ने सपना बोकेर घामपानी नभनी खटिएकाहरू यतिबेला निराश छन् । ‘कर तिराउन सरकारले लकडाउन खुकुलो बनाएजस्तो गरेको छ । करमा छुट छैन । व्यवसाय नचलेपछि कसरी कर तिर्ने ?’ कुश्मा यातायात प्रालिका अध्यक्षसमेत रहेका गिरीले भने, ‘धेरै गाडीको रिन्यु फेल छ । केही समस्या आइहाले जिम्मेवारी लिने कोही छैन । सरकार लकडाउन खुलाएर कर असुल्ने दाउमा मात्रै छ । अरू जिम्मेवारी बहन गरेको छैन ।’ लामो समय गाडी थन्किँदा बैंकले भने किस्ता र ब्याजका लागि ताकेता गरेको व्यवसायीको गुनासो छ । ‘असार मसान्त भन्दै बैंकले ताकेता गरिरहेका छन् । व्यवसाय नै नचलेपछि किस्ता र ब्याज कसरी बुझाउने ?,’ व्यवसायी कमल सुवेदीले भने, ‘यता सरकारले अत्याउने । अर्कोतिर बैंकले । अति भयो । अब सवारीसाधन र कागजपत्र लगेर सरकारलाई बुझाउनुको विकल्प छैन ।’ व्यवसायीले एउटा सवारीमा २० देखि ५३ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।
जिल्लामा साना–ठूला गरी करिब ५ सय सवारीसाधन छन् । बस, जिप, ट्याक्सी व्यवसायका करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । अहिले केही ट्याक्सी र जिपबाहेक सबैजसो सवारी ठप्प छन् । कोरोनाको त्रास कायमै रहेको भन्दै प्रशासनले अत्यावश्यक काम नपरी सर्वसाधारणलाई घरबहिर निस्किन दिएको छैन । अत्यावश्यक कामकै लागि निस्किएकामध्ये पनि अधिकांशले निजी सवारी र कार चढ्छन् । कालो प्लेटका ठूला बस तथा जिप सञ्चालक बढी मारमा परेका छन् । असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाएर रातो प्लेटका सवारी चल्न दिएसँगै ती सवारीले यात्रु ओसारेर मनपरी भाडा असुल्दासमेत नियामक निकाय मौन बसेको व्यवसायीको गुनासो छ ।कान्तिपुर दैनिकले समाचार छापेको छ तस्बिर : अगन्धर /कान्तिपुर


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया