SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२१ गते
    ३५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा दादुरा-रुबेला विरुद्धको खोप लगाउन शुरु भएको छ । नगरप्रमुख रामचन्द्र जोशीले खोप वक्स स्वास्थकर्मी लाई हस्तान्तरण गरि अभियानको उदघाटन गर्नुभयो । सबै वडाका खोप केन्द्र, स्वास्थ्यचौकी, विधालयमा केन्द्र तोकेर २ हजार ३ सय २६ वालवालिका लाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ ।

    अभियान शुरुवात भएको घोषणा गर्दै नगरप्रमुख जोशीले खोप वालवालिकाको नैसर्गिक अधिकारको रुपमा रहेको उल्लेख गर्दै लक्षित वालवालिका लाई खोप दिलाउन आग्रह गर्नुभयो । जोशीले सबै वडामा खोप अभियान सन्चालन हुने भएकाले कोहि पनि नछुटाउने कुरामा विशेष ध्यान दिन अनिरोध गर्नुभयो ।

    कुश्मामा आज फागुन २१ बाट शुरु भएको खोप अभियान फागुन २६ सम्म सन्चालन हुने जनाइएको छ । सामाजिक विकास समितिका संयोजक एवं कुश्मा ६ का वडाध्यक्ष इस्वर गिरीले खोपका कारण वालवालिकामा लाग्ने धेरै खाले रोग बाट जोगिने बताउनुभयो । उहाँले आफ्ना वालवालिका लाई खोजिखोजी खोप लगाउन अभिभावक लाई आग्रह गर्नुभयो ।

    सहिद स्मृती अङ्ग्रेजी आवासिय माध्यमिक बिधालय बाट शुभारम्भ भएको खोप अभियान कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो ।स्वास्थ्य कार्यालयका अनुसार कुश्मा सहित आज बाट मोदि र जलजला गाउँपालिकामा पनि खोप अभियान शुरु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं