

काठमाडौँ — नेपालमा कोरोना महामारी सुरु भएयता पहिलोपटक दैनिक संक्रमितको संख्या १० हजार २ सय ५८ पुगेको छ । नेपालमा पहिलो लहरमा कात्तिक ५ गते एकैदिनमा ५ हजार ७ सय ४३ संक्रमित फेला परेका थिए भने दोस्रो लहरको उत्कर्षको समय वैशाख २८ गते सबैभन्दा धेरै ९ हजार ४ सय ८३ संक्रमित फेला परेका थिए ।