SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२ गते
    १५३ &#२३४६;&#२३३५;&#२३२५;

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।
    यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको छ।

    ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ,’ आज धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले पत्रकारहरूसँग भने।उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

    भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो।‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’

    उनले पशुपति क्षेत्र विकास कोषका सम्पत्तिमाथि कहाँ के भइरहेको छ भन्नेबारे छानबिन समितिले काम गरिरहेको बताए।कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले आवश्यक छानबिन गरेको छ।

    सुवेदीका अनुसार सोमबार अपरान्ह ४ बजे क्षेत्र विकास कोषको कार्यालयमा छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम छ।उक्त प्रतिवेदन हात परेपछि कहाँ के भइरहेको छ भन्नेबारे छलंग हुने मन्त्री आलेले बताए।

    ‘पशुपति क्षेत्र विकास कोषबाट निर्णय नगरी केही काम गरेको देखियो। यस्तो गरिनु अवैधानिक हुन्छ,’ उनले भने, ‘भोलि प्रतिवेदन आएपछि आवश्यक निर्णय लिन्छौं।’उनले दोषी देखिने कर्मचारीदेखि सबैलाई कारबाही गरिने पनि बताए। आफूले कसैमाथि राजनीतिक प्रतिशोध नराखेको उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं