SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२४ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नुभएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो ।

    प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं