SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२३ गते
    १८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ – नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ ।

    एमाले नेता विष्णु रिजालकाअनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । एमालेले गएको मंसिरमा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं