SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    ३५५ &#२३४६;&#२३३५;&#२३२५;

    धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन्।

    राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताए ।

    ‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ । ललिता निवास मात्र होइन वाइडवडी जहाज खरीदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको छ,’ लिङ्देनले भने, ‘त्यसैकारण यी प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री समेतका नेताहरुलाई जोगाइदैछ । अनेक प्रपञ्च गरिदैछ ।’

    उनले नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विगत ३१ वर्षदेखि मुुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको टिप्पणी गरे ।

    ‘उहाँहरुले देश बनाउँछुु भनेको ३१ वर्ष भयो । तर म प्रश्न गर्न चाहन्छु के उहाँहरुले देश बनाउनुभएको छ रु छैन ।’ उनले भने, ‘देश बिग्रिएमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरुलाई कुनै फरक पर्छ रु पर्दैन । उहाँहरुले युवाहरुको भविष्य बिगारिरहनुभएको छ ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको पनि लिङ्देनले टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं