SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    २३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं :हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    शुक्रबार प्रदेश १ र २ का एक(दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली ९पश्चिमी वायु० नेपाल प्रवेश गर्दै गरेको र यो आइतबारसम्म रहने हुन्छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबार राति या आइतबार बिहानसम्म देशभर फैलन्छ।

    महाशाखाका अनुसार आज बिहान १०(११ बजेदेखि साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    आज राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं