SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    १५० &#२३४६;&#२३३५;&#२३२५;

    पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा भएको आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    गएराति स्थानीय जितबहादुर मेयोङबा, रामजित राई र मनबहादुर राईको घरमा आगलागी हुँदा त्यति क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख ९डीएसपी० राकेश थापाले बताउनुभयो ।

    जितबहादुर मेयोङबाको घरमा विद्युत् सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट ३ वटै घर जलेर नष्ट भएको छ भने जितबहादुरको घरमा रहेको डेरी, किराना पसल जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    उहाँको घरमा रहेको कांग्रेस वडा कार्यालयको फर्निचर, कागज–पत्र जल्दा ५७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै रामजित राईको तीन तले घर जल्दा ३५ लाख बराबरको र त्यही घरमा भएको टेलर्स जल्दा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    मनबहादुर राईको दुई तले घर जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उहाँको घरमा रहेको आईएमई मनिट्रान्सफरको कार्यालय जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जुत्ता पसल जल्दा १० लाख बराबरको तथा दुई तोला सुन र त्यही घरमा धनप्रसाद राईले सञ्चालन गर्नुभएको किराना पसल र कम्प्युटर सेन्टर जल्दा २१ लाख रुपैयाँ बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।

    सुरेन्द्र राईले मनबहादुरको घरमा सञ्चालन गर्दै आउनुभएकको फेन्सी पसल र अलैँची गोदाम जल्दा २० लाख बराबरको क्षति भएको छ भने रञ्जना राईको टेलर्स जल्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    फिदिमबाट गएको दुई वटा दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आज बिहान १ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं