SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/११ गते
    ३३५ &#२३४६;&#२३३५;&#२३२५;

    राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ।

    गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ।विभागका प्रवक्ता शरदराज आरनका अनुसार अहिले दैनिक ८ सय वटा इ-पासपोर्ट जारी हुँदै आएकोमा बढाएर १२ सय पुर्‍याउने तयारी भइरहेको छ।अहिले दैनिक ८ सयको संख्यामा विद्युतीय राहदानी जारी भइरहेको छ। दैनिक १२ सय पुर्‍याउने हाम्रो लक्ष्य छ,उनले भने।

    विभागबाट आवेदन दिनेहरूले दुई कार्य दिनभित्र इ(पासपोर्ट पाउने प्रवक्ता आरन बताउँछन्। उनले आज आवेदन दिन व्यक्तिले पर्सि इ-पासपोर्ट पाउने बताए।विभागबाट इ-पासपोर्ट लिन १२ हजार रुपैयाँ लाग्छ। जिल्लाबाटै इ-पासपोर्ट लिन भने ५ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ।अहिले विभागसहित ११ वटा जिल्लामा इ-पासपोर्ट वितरण सुरू भएको छ।

    ११ वटा जिल्लामा यो सेवा सुरू भइसकेको छ। जिल्लाको हकमा पनि एक हप्तामै पासपोर्ट पठाइदिन्छौं। त्यसैले विभागमा लाइन लाग्नुपर्ने जरूरी नै छैन, प्रवक्ता आरनले भने, फेरि जिल्लामा त ५ हजारले नै हुन्छ अनि विभागमा किन १२ हजार तिर्नु

    यही साताभित्र इ(पासपोर्ट दिने जिल्लाको संख्यालाई बढाएर २० पुर्‍याइने उनले बताए।

    अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत् इ-पासपोर्ट लिन सकिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं