SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/८ गते
    २५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ ।

    आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो ।

    मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो । संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको उनले बताए ।

    मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

    यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।

    २०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षा पास गरी नौ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोक सेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोक सेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    यसरी सिफारिस भएका कर्मचारीहरुलाई पारिवारीक समस्या र अपायक परेको लगायतका कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिंदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीहरुको अन्तर स्थानीय तहमा सरुवा गरिएको थियो ।

    त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक दुई दर्जन हाराहारीमा निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह नै प्रभावित भएको मन्त्रालय स्रोत बताउँछ ।स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तर स्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं