SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/८ गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;

    लमजुङ : हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन् । मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए ।उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् ।

    चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

    मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्राय: जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ ।चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिने गरेका छन् । मनाङका ताल हेर्न पर्यटक आउँछन् ।

    हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम सम्पन्न

    कृष्णनगर, । जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा...

    पेट्रोलिएम पदार्थको मुल्यवृद्धि तथा सवारिकर वृद्धि फिर्तालिन अनेरास्ववियु पर्बतको माग :कडा आन्दोलनमा उत्रने चेतावनी(पत्रसहित)

    पर्वत .नेकपा एमाले को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले पेट्रोलिएम पदार्थको...

    पर्वतका तिलक अधिकारी युवा लिग नेपालको केन्द्रिय सचिवमा निर्बाचित अध्यक्षमा केशव ढल्कोटी

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं