SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/७ गते
    ३२२ &#२३४६;&#२३३५;&#२३२५;

    रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई विश्वासमा लिएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने बताएका छन् ।

    बुधबार रौतहटको वृन्दावन नगरपालिका–५ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनतालाई विश्वासमा लिएर मात्र एमसीसी अघि बढाउनुपर्ने बताएका हुन् ।

    एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।

    उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठेरोमा पारेको आरोप पनि लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं