SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/६ गते
    २१६ &#२३४६;&#२३३५;&#२३२५;

    मुक्ताकुमारी यादवले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधिक मत पाएकी छन्। हालसम्मको मतगणनामा धनुषाकी यादवले सबैभन्दा धेरै करिब ४ हजार मत पाएकी छन्।

    मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरिन्। अर्थात मुक्ताले करिब ८५ प्रतिशत मत प्राप्त गरेकी छन्।

    अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।यसअघि खुला केन्द्रीय सदस्यतर्फ शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए। मुक्ताले शशांकभन्दा १२४ मत बढी ल्याइन्।

    मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावलीमा सभापति शेरबहादुर देउवा, डा। शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तीनवटै प्यानलमा उनको नाम थियो।

    धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर(१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं