SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/६ गते
    २४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । मंगलबार विहान काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको थियो ।

    शिक्षक प्रकाश पुडासैनी परीक्षा हलमा थिए । स्नातक दोस्रो वर्षका विद्यार्थी कुवेर जेठारा पनि कक्षाकोठामा प्रवेश गरेपछि उनले बाहिर जान भने । तर जेठाराले मानेनन्, बरु शिक्षक पुडासैनीसँग विवाद गर्न थाले ।

    त्यसपछि अर्का शिक्षक आएर जेठारालाई परीक्षा हलबाट बाहिर निकाले । त्यसपछि फेरि कक्षाकोठामा प्रवेश गरेका जेठाराले आफूमाथि कुटपिट गरेको शिक्षक पुडासैनीले बताएका छन् ।‘परीक्षा भइरहेका बेला बाहिरको व्यक्तिलाई बस्न दिने कुरा भएन । निस्कनुस् भन्दा घटेको घटना हो’ शिक्षक पुडासैनीले भने ।

    जेठाराले शिक्षक पुडासैनीलाई आक्रमण गरेपछि क्याम्पस हल्ला भयो । क्याम्पस प्रमुखले शिक्षक पुडासैनी, अरु शिक्षकहरु र जेठारालाई पनि बोलाए । छलफलका क्रममा धेरै शिक्षककहरुले जेठाराले गल्ती गरेको बताए ।
    त्यसपछि उनी बाहिर निस्कने बहानामा उठे र पानी राख्ने जगले शिक्षक पुडासैनीलाई पुनः हिर्काएर फरार भएका पुडासैनीले बताए ।आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा चोट लागेको छ । काठमाडौं मोडल अस्पतालमा उपचारका लागि लगिएका पुडासैनीको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

    रत्न राज्य क्याम्पसका आंशिक प्राध्यापक पुडासैनीले स्नातक तहमा ब्याचलर इन सोसल वर्क ९बिएसडब्ल्यू० पढाउँछन् । आक्रमण गर्ने जेठारा रत्नराज्य क्याम्पसको अनेरास्ववियूमा आवद्ध विद्यार्थी हुन् । उनी शिक्षकलाई आक्रमणपछि शौचालयको झ्यालबाट भागेका छन् ।उनी किन परीक्षा हलमा बस्न खोजेका थिए भन्ने अहिलेसम्म नखुलेको शिक्षक पुडासैनीले बताए । क्याम्पसका स्ववियू उपसभापति श्रीकृष्ण उप्रेतीले क्याम्पसमा नहुनुपर्ने घटना भएको बताए । ‘नघट्नुपर्ने घट्ना घटेछ । संगठनसँग जोडिएको कुरा भएकोले आवश्यक छानवीन गर्छौं ।’

    उनले यस विषयमा क्याम्पस प्रमुख र प्राध्यापकहरुसँग छलफल गर्ने पनि बताएका छन् ।

    शिक्षक पुडासैनी कुटिएपछि क्याम्पसका प्राध्यापकहरुले विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई गल्ती अनुसारको कारबाही नभएसम्म पढाउन नसक्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं