SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२४ गते
    २८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

    सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को एकता महाधिवेशनपछि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालित ट्वीटर तथा फेसबुकहरूबाट स्टाटस सम्प्रेषण भइरहेका थिए।

    समकक्षी नेता राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा पराजित गरेपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पनि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालन गरिएका ट्वीटरलाई ‘मेन्सन’ गरी असन्तुष्टि पोखेका थिए। पूर्वाराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले बिहीबार विज्ञप्ति जारी गरी ती कुनै पनि सामाजिक सञ्जाल उनीहरूले नचलाएको प्रष्ट्याएका छन्।

    ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले राष्ट्रिय समसामयिक घटना सन्दर्भ, राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो,’ पाठकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘तर, मौसुफले ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’पाठकले पठाएको विज्ञप्तिमा त्यस्तो भ्रमबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरिएको छ। पाठकले विज्ञप्तिमा भनेका छन्, ‘श्री ५ हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’

    राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरिरहेको बताएका छन्। तर, पूर्वराजाका संवाद सचिव पाठकले त्यसप्रति भने कुनै प्रसंग उल्लेख गरेका छैनन्।

    राप्रपा महाधिवेशनपछि पूर्वयुवराज पारस शाहको नामबाट खोलिएको ट्वीटर पनि देखिएको छ। ती ट्वीटर अकाउन्ट पूर्वराजाको सचिवालयका मान्छेहरूले चलाउने गरेको दाबी गरिएको पनि छ। तर, सचिवालयबाटै ती अकाउन्टबारे खण्डन गरिएकाले कसले चलाउँछ भन्ने अनुसन्धानको विषय भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं