SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२४ गते
    ३७६ &#२३४६;&#२३३५;&#२३२५;

    आज मिति २०७८ साल मंसिर २४ गते, शुक्रबार । इश्वी सन २०२१ डिसेम्बर, १० । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः सप्तमी २४ः४४ बजे उप्रान्त अष्टमी। नक्षत्रः शतभिषा २७ः३७ बजे उप्रान्त पूर्वभाद्रपदा । योगः हर्षण, १४ः३८ बजे उप्रान्त वज्र । करणः गर १३ः११ बजेदेखि वणिज, २४ः४४ बजे उप्रान्त वालव। काठमाडौंमा सुर्योदय ६ः४५ । सुर्योस्त १७ः०७ ।

    मेष : स्वास्थ्य अवस्थाको कारणले यात्रा रोकिन सक्नेछ । विद्यार्थी वर्गको लागि अध्यनाशिल समय रहनेछ । मध्यान्हदेखि आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

    वृष : रोकिएको प्रेमसम्बन्धमा सफलता मिल्नेछ । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । अध्ययन कार्य अगाडि बढ्नेछ ।

    मिथुन : नसोचेको आर्थिक उन्नति हुनेछ । प्रेमिका संगको विवाद मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । राजनैतिक नियुक्ति तथा सम्मान पाउने योग रहेको छ ।

    कर्कट : इष्टमित्रको सहयोग मिल्नेछ । नजीकैको मित्रले आर्थिक क्षति गराइदिन सक्नेछ । अध्ययनमा रुचि लाग्ने छैन प्रेमसम्बन्ध किचलो हुनेछ ।

    सिंह : सामान्य कुरामा पनि विदाद हुनाले दिन तनाव पूर्णवित्ने छ । अध्यनको लागि घरदेखि बाहिर जानुपर्ने हुन्छ । टाउमा समस्य बढ्ने देखिन्छ । खानपिनमा ध्यान दिनुहोला ।

    कन्या : बोलीको प्रभाव बढ्नेछ । आफन्तको काममा व्यस्त भइनेछ । प्रेमीप्रेमिकाको मिलनले दिन उमङ्गका साथ वित्नेछ ।

    तुला : स्वास्थ्यमा ध्यान दिनुहोला सवारी साधन भित्रिने योग रहेकोछ । अध्ययनका सफलता मिल्नेछ । प्रेमप्रस्ताव धार्मिक कार्यमा अगाडि बढ्ने छ ।

    वृश्चिक : कार्यबाधा तथा आर्थिक क्षति व्योहोर्नु पर्नेछ । झुटो आरोप लाग्ने हुँदा जिम्मेवारी कम लिनु होला स्वास्थ्यले साथ दिनेछ । सन्ध्याकालदेखि सवै क्षेत्रमा सुधार आउनेछ ।

    धनु : रोकिएका तर महत्वपूर्ण कार्य बन्नाले आर्थिक उन्नति हुनेछ । बच्चाकालको साथीसंगको मिलन हुनेछ । राजनैतिक सफलता मिल्नेछ ।

    मकर : वैदेशिक कार्य बन्नाले सबै अवरोध हट्ने छ । प्रेमिकाको किचकिचले निकै तनावपूर्ण दिन रहनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

    कुम्भ : नवीन कार्य आरम्भ गरिनेछ । महत्वपूर्ण भेटघाट हुनेछ । शत्रुद्वारा क्षमा माग्ने छन् । जीवनको नयाँ आयम सुरु हुनेछन् ।

    मीन : पारिवारिक तथा आर्थिक समस्या आउने हुँदा समयमै सचेत बन्नुपर्ने छ । रोकिएको सम्बन्ध सुधार हुनेछ । मध्यान्हपछि नसोचेको आर्थिक सुधार हुनेछ । हनुमानको आरधना गर्न नविर्सनु होला ।

    अर्जुनप्रसाद न्यौपानेबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं