SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२३ गते
    २५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

    स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विवेक लालले कान्तिपुरलाई भने–‘जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गरिँदैछ । त्यहीअनुसार पायक पर्ने खोप केन्द्र राखिनेछ ।’

    यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ । यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा रहेका छन् ।

    यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । बिहीबारसम्म नेपालमा लक्षित जनसंख्याको ५४‍।४ प्रतिशतले एक मात्राको कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने ४५।५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ लाख ९८ हजार ८०० र १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा मोर्डना खोप आइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं