SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२१ गते
    ५६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशन आँगनमै आइपुग्दा पनि सभापतिको पदमा को उम्मेदवार बन्नेबारेमा अझैँ तय गर्न सकेको छैन ।

    सोमबार पौडेल निवासमा उम्मेदवारीबारे छलफल भए पनि सहमति टुंगोमा पुग्न सकेन । आज मंगलबार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमामा उम्मेदवारी को बन्ने भन्ने सन्दर्भमा बैठक जारी छ ।

    बैठकमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि कि छाड्न कि सघाउन भनेका छन् । तैपनि बैठकले ठोस निर्णय गर्न भने नसकेको बताइएको छ । जारी बैठकमा पौडेलले भने, ‘तपाईंहरु मिल्न तयार भए मिल्नुस्। र, म छोड्न तयार छु । नत्र हैन भने मलाई नै सघाउनुस् ।’

    नेता पौडेलले उम्मेदवारीको टुंगोमा पुग्नुको विकल्प नभएको बताउँदै सभापतिको उम्मेवार चयन भएपछि पदाधिकारीमा को को उठ्न दुई घन्टामै सम्पन्न गरि सकिने बताएका छन् । तर, सभापतिका लागि चाँडो एक उम्मेदवार तय गर्नु पर्ने उनको भनाइ छ । बैठकमा पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराल र डा। शशांक कोइराला रहेका छन् ।

    पौडेल समूह भित्र मिटिङमा बसिरहँदा बाहिर उक्त समूहनिकट युवा कार्यकर्ताहरुले चाँडो उम्मेदवार बन्ने सहमतिमा पुग्न भन्दै प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

    बाहिर युवाहरुले ‘साझा उम्मेदवारको विकल्प छैन,’ ‘एकता मात्रै जितको आधार हो,’ ‘नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्’ लगायतका नाराहरु लगाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं