

दाङ । मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा सोमबार बेलुका जन्ति बोकेको बस दुर्घटना भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका वडा नम्बर ५ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
दुर्घटनामा परेर घाईते भएका करिब २५ जनाको उद्धार गरिएको उनले जानकारी दिए । उनका अनुसार घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ । बसमा ४५ जना जन्ति सवार रहेको प्रहरीले जनाएको छ ।
अहिले घाईतेहरुको उद्धार भैरहेको र केहिलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पुर्याइएको बताईएको छ । पानी परिरहेकोले उद्धारमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट १ सय मिटर तल खसेको बताईएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकि रहेको छ ।