SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२० गते
    २५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् ।

    त्रिविका पुर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह र हीराबहादुर महर्जनले सोमबार बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै विरोध जनाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘‘त्रिविसभा बैठकले विगत १० वर्षदेखि करारमा कार्यरत तर यसअघिका प्रतियोगीताहरुमा उतीर्ण गर्न नसकेका ४८० जना व्‍यक्तिहरुलाई मात्र परीक्षामा सामेल गराइ स्थायी निर्णय गर्नु अत्यन्त दुर्भाग्‍य हो। त्रिवि सभाको उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न र त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न त्रिवि प्रशासनलाई हाम्रो गम्भीर सुझाव छ।’

    यसका साथै त्रिवि सभाको यस्तो निर्णयले शिक्षाको स्तरीयतामाथि प्रश्‍न उठ्‍ने र विश्‍वविद्यालय सेवामा प्रवेश गर्न योग्‍य व्‍यक्तिहरुको प्रतियोगितामा सामेल हुने मौलिक अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं