SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१९ गते
    ३३५ &#२३४६;&#२३३५;&#२३२५;

    सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसी पक्राउ परेका हुन्।

    गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ५० ग्राम सुन ल्याएको र सो सुनको भन्सार छल्न प्रहरी जवान केसीले सघाएको आरोप लागेको हो।भन्सार प्रशासक भट्टराईका अनुसार उनले ५० ग्राम सुन ल्याएबापत ४८ हजार ६५ रुपैयाँ भन्सार तिर्नुपर्छ।
    तर सो छली गरी ल्याएको आरोप लागेपछि प्रहरीले छानबिन गरी उनीहरू दुबैलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो।

    अभियान चालेको पहिलो दिनमै प्रहरी जवानले बाहिरबाट आउने व्यक्तिसँग मिलेमतो गरेर भन्सार नतिरी सुन ल्याएको भन्ने सूचना आयो,भट्टराईले भने, सूचना पाएपछि प्रहरीले सिसिटिभी फुटेज सबै अनुसन्धान गर्‍यो।त्यसमा भन्सार छल्न सघाएको देखिएपछि आफूले नियन्त्रणमा लिन र त्यस्तो व्यक्तिहरूलाई कुनै छुट नहुने भन्दै थप अनुसन्धानको लागि कार्यालयमा पेश भएको उनले बताए।

    अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यद्यपि उनीहरूले ल्याएको सुन परीक्षण गर्न ल्याबमा राखिएको प्रहरीले जनाएको छ।यसरी गैरकानुनी किसिमले कसैले भन्सार छल्छ भने मैले आफ्नै कर्मचारी किन नहोस् कसैलाई छोडिँदैन, उनले भने। भन्सार ऐन अनुसार विदेशबाट ५० ग्राम सम्मका गहना ल्याउन छुट दिइएको छ। २५० ग्राम सम्मका गहना ल्याउन पाइन्छ भने २०० ग्रामको भने भन्सार तिर्नुपर्छ।

    त्यस्तै, काँचो सुन भने १०० ग्राम सम्म मात्रै ल्याउन पाइन्छ। तर काँचो सुनको हकमा जति १ ग्राम देखि १०० ग्रामसम्म जति ल्याए पनि भन्सार तिर्नुपर्ने कार्यालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं