

चाडपर्वमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भनेर सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था गरेको छ ।
खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।