SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/७ गते
    ५८१ &#२३४६;&#२३३५;&#२३२५;

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा पहिले सुनसरी पुगेका थिए।

    सुनसरीमा बाढीले ठूलो क्षति गरेपछि उनी सुरुमै त्यहीँ पुगेका थिए। बाढी पहिरोले प्रदेश १ मा गरेको क्षतिबारे प्रधानमन्त्री देउवाले ब्रिफिङ लिने कार्यक्रम सुनसरीमा तय भएको थियो।बाढी पहिरोको क्षतिबारे प्रधानमन्त्रीले ब्रिफिङ लिनका लागि सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको प्रदेश कार्यालयमा व्यवस्थापन गरिएको थियो।

    तर त्यहाँ बाढीपीडित सर्वसाधारण थिएनन्। थिए त प्रदेश १ का हाइप्रोफाइल व्यक्ति र नेताहरु। ब्रिफिङस्थलमा उच्च तहका कर्मचारी पनि पुगेका थिए। बाढीपीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम त्यहाँ तय भएको थियो। तर उनी खास बाढीपहिरो पीडितलाई नभेटी हेलिकप्टरबाटै प्रभावित क्षेत्र हेरेर हिँडेका छन्।

    बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको आश्वासनसहित अन्य मन्त्रीहरु पनि लिएर उनी प्रदेश १ आएका थिए। तर प्रधानमन्त्री देउवाले हाईप्रोफाइलहरुलाई मात्रै भेटेर हिँडेपछि बाढी पीडित निराश भएका छन्। उनले पकलीमा सरकारी कर्मचारीहरूबाट बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको ब्रिफिङ सुनेका थिए।ब्रिफिङपछि देउवाले काठमाडौं पुगेर छिट्टै राहात घोषणा गर्ने आश्वासन भने दिन भ्याए।

    विपत्ति ढोल बजाएर आउँदैन,अचानक आइदिन्छ, यसै कारण पनि नेपालमा अर्बौंको क्षति भएको छ, देउवाले भने,म काठमाडौं जानासाथ केही न केही घोषणा गर्छु।प्रदेश १ का बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न उनी आइतवारै मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ।

    प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। तर, अन्य जिल्लामा पनि सुनसरी जस्तै ब्रिफिङ लिने कार्यक्रम मात्रै राखिएको सुरक्षा अधिकारीहरुले बताएका छन्। डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री देउवासँगै ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ प्रदेश १ आएका हुन्।

    देउवाले पकलीमा सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए। उनले प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि त्यहाँको क्षतिको अवस्था बुझेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं