रबिन सुबेदी, पर्वत। पर्वत जिल्ला महाशिला गा.पा.वडा नं ५ बेदालेथर भन्ने ठाँउबाट मिति २०७८/०६/३१ गते बिहान ०९:०० बजेको समयमा अबैध रुपमा चलाईएका बाईक ईलाका प्रहरी कार्यालय लुखुंदेउरलीबाट प्रहरी सहायक निरीक्षक सुन्दर थापाको कमाण्डमा खटिएका प्रहरीको टोलिले ग १९ प ९५९५ न को रातो कालो कलरको पल्सर 220 र प्रदेश ३-०२-०२० प ६८०६ न को रातो कालो कलरको पल्सर 220 बाईक सहित सोही स्थान बस्ने बर्ष २१ को अनिल नेपालि लाई पक्राउ गरेको छ ।
बाइक का आवश्यक कागजात नभएको र ग्रामीण भेग मा उपयोग गर्न कै लागि चोरी गरिएको इ प्र का लुखुंदेउरालि का प्रहरी सहायक निरीक्षक सुन्दर थापाले बताउनु भयो ।
बाइक कहाँ बाट कसरी ल्याइएको भन्ने कुरा को अनुसन्धान भैरहेको र थप अनुसन्धान को लागी सवारी साधन र मान्छे जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाइएको इ प्र का लुखुंदेउरालि का प्रहरी सहायक निरीक्षक सुन्दर थापाले जानकारी दिनु भयो ।