SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१८ गते
    ५२५ &#२३४६;&#२३३५;&#२३२५;

    दाङ।सल्यानमा माइती जान हिँडेकी एक महिला मृत फेला परेपछि प्रहरीले घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ।

    घरबाट माइती जान खोजेकी बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ वर्षीया रामकली खत्री बाटोमै मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको बताए।

    ‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको देखिएन, डिएसपी थापाले भने,तर, मृतकको शरीरको घाउ खत हेर्दा गाडीले किचेकोजस्तो देखिएको छ।’मृतकको कान, ढाड, हातमा गाडीले कुल्चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए। डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।

    खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा मृत फेला परेको डिएसपी थापाले बताए।हामीले अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर पनि ल्याएका थियौं,’ डिएसपी थापाले भने,‘कुकुरले पनि घटना अनुसन्धानमा सघाएको छ।खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं