
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहबन्ने भएकी छन। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय गरेका हुन्।
उनको नाम खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको स्रोतले जनाएको छ।जनार्दन शर्मानिकट सिंह क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पनि हुन्।अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय अधिवेशनमामा अध्यक्ष बन्न ९ जना आंकाक्षी देखिएका थिए।असोज १४ गतेदेखि जारी सम्मेलन आज सकिँदै छ।अध्यक्ष सिंहलगायत पदाधिकारीको नाम मध्याह्न १२ बजे हुने बन्दसत्रमा पेस हुँदै छ।
पञ्चासिंहलाई अध्यक्ष बनाउने निर्णय पार्टी अध्यक्ष प्रचण्डले लिनुभएको छ ,अन्य पदाधिकारीको निर्णय पनि भएको छ, अब १२ बजेदेखि सुरु हुने बन्द सत्रमा पेस हुनेछ।