SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१५ गते
    ३३३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमको प्रमुख अतिथि रजत प्रताप शाहले राम्रो हाम्रो नगरपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम हुन्छ शाहले बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ ।

    जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भनी बताउनु भएको छ । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।

    शस्त्र जिल्ला प्रहरी उपरीक्षक धुर्ब बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि अगाडि बढने बताउनु भयो ।

    ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुकदेव पौडेल ले कार्यक्रमलाई स्वागत गर्दै वर्ष भरि गरेको कार्य प्रगति लगाएत प्रस्तुत गर्नु भएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं