
रविन सुवेदी, पर्वत । पर्वत जिल्लाको विहादी गाउँपालिकाले असोज ४ देखि असोज ८ सम्मको लागि अनलार्इन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ ।
विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले अनलार्इन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरी उदघाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै अध्यक्ष भुषालले निरन्तरतामा भएपनि आफुहरुले बिहादी गाउँ पालिकालाई प्राबिधिक रुपमा पनि सक्षम र सबल बनाउदै लगेको र यस्ता कामहरुले आम नागरीकमा थप उत्साह पैदा गर्ने बताउनु भयो ।
साथै कार्याक्रममा प्रमुख प्रशासकीय अधीकृत ध्रुव दयाल र उपाध्यक्ष डम्मर कुमारी गूरुङले पनि मन्तब्य राख्नु भएको थियो र कार्यसफलताको शुभकामना दिनु भएको थियो ।
बिहादी गाउँपालिकाका एम।आर्इ।एस अपरेटर राजेन्द्र गिरीले अनलाइन व्यक्तिगत घटना दर्ता सम्वन्धी तालिम विहादी गाउँपालिकाका सम्पुर्ण वडा सचिवहरुलाइ प्रदान गरि असोज १० गते देखी विहादी गाउँपालिकाका सम्पुर्ण वडा कार्यलयबाट जन्म मृत्य विवाह सम्वन्ध विछेद र वसाइसराइ जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन इन्ट्री गरी प्रमाण पत्र वितरण गर्ने कार्य सुरु गरिएको बताएका छन् ।