SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/७ गते
    १९८५ &#२३४६;&#२३३५;&#२३२५;

    – बिनोद लामिछाने

    – ठकुरी राजाहरु सामन्ती भए भनेर गणतन्त्र ल्याएको देशमा कम्युनिस्ट राजाहरुको बर्तमान चरित्रले गणतन्त्र र कम्युनिस्टहरु प्रती मान्छेहरुको बितृष्णाको मिटर अनियन्त्रित भएर घुमिरहेको छ । सामाजिक न्यायको लागी कम्युनिस्ट भन्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट मान्यता आज नेपालका कथित कम्युनिस्ट भन्नेहरुबाट निकै भद्दा र मजाकको विषय बनेको छ । सगरमाथाको देशबाट कम्युनिस्ट झन्डाको अपमान, समग्र देशको लागी नै अन्तरास्ट्रिय लज्जाको विषय बनेको छ । अब यिनको यो हद दर्जाको भ्रष्टताको भण्डाफोर जरुरी छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अहिले देखिएको कोरोनाको महामारीले देशलाइ केही बर्ष गाँज्ला, तर यिनिहरुबाट सिर्जित महामारीले देशलाई पुस्तेनी रुपमा गाँज्ने निश्चित प्राय छ । त्यसैले मान्नुहोस ! देशलाई कोरोनाबाट भन्दा नी कयौं गुणा खतरा यिनिहरु र यिनका वरीपरी सतहमै देखिएको माफियाहरुको डरलाग्दो चङ्गुलबाट छ ।

    देशमा झन्डै दुइ तिहाइको कम्युनिस्ट बिचार बोक्ने सरकार छ । केन्द्र, निति निर्माण तह देखी स्थानिय तहसम्म सबै उनिहरुको अधिनस्त छ, तर परिणाम के छ ? फगत भ्रष्टचार, कमिसनखोरी, कानुनी उदण्ता र आर्थिक अपचलनको उन्नत प्रकारको डाेजरे ठेकेदारी , सामाजिक रुपमा अपराधिक मनोवृत्ति । समग्रमा भन्दा भयंकर प्रकारको अराजनैतिक ठेकेदारी र दलाली ।

    दुनियाँ कोरोनाको महामारीसँग जुधेको छ, हाम्रोमा गलैँचा बेच्ने आफ्ना कारिन्दा ठेकेदारलाइ स्वास्थ्य सामग्री किन्न लगाएर कमिसन खान बिबादित बन्ने कथित कम्युनिस्टहरुको सत्ता छ । काङ्ग्रेसले सत्तरी बर्षदेखी निरन्तर कहिले राजाको त कहिले भारतको चाकरी गरेर देशलाइ सधैं भ्रस्टाचारको चङगुलमा र पराधिनताको खाल्डाेमा जकड्यो । कम्युनिस्ट भन्नेहरुले पाँच /सात बर्षमै काङ्ग्रेसलाइ माथ गरिसके । सामन्ती राजाहरुको पालामा अख्तियार भन्ने जिनिस नी सकृय थियो, बहालवाला काङ्ग्रेसी मन्त्री नै जेल जान्थे । अहिले त अख्तियार भन्ने जिनिस पियन, खरिदार र सुब्बा भन्दा माथी गएको सुन्न नै पाइदैन । अर्बका भ्रष्टाचार पुरै देखिने गरी कम्युनिस्ट सत्ताको तलाउमा पौडिएका छन तर अख्तियार भन्ने एउटा कथित कठपुतलीले पाँच हजारको भ्रष्टाचार समातेर “म नी देशमा छु” भनेर दुनियाँ हसाँउछ । हिजो राजाहरुको सामन्ती चरीत्र विरुद्ध “गणतन्त्र जिन्दाबाद !” भन्ने जनहरु आज तिनै राजाहरु यिनीभन्दा ठीक भन्न थालिसके । याद छ ? अझपनी यिनिहरु अझै आफुलाइ स्वघोसित अब्बल दर्जाको निर्बिकल्प राजनैतिक दल भन्न नी पछि पर्दैनन ।

    सत्ताधारी मुख्य कम्युनिस्ट नेताहरु देशका माफिया र दलालहरुको चङ्गुलमा माकुराको जालोमा जस्तै बेरिएर बसेका छन, अनी तिनका कार्यकर्ताहरु नेताको फेरो समातेर हनुमानगीरीको बैतरणि तर्न ब्यस्त छन । न यिनका नेताले बिग्रेको महसुस गर्छन न त कार्यकर्ताले बिग्रेउ भनेर नेतालाई भन्ने हिम्मत गर्छन । अनी यी कम्युनिस्ट कार्यकर्ताकी र्याप गितको गायकका फ्यान ? र्याप गितका फ्यानहरुले आफ्नो आइडल मन्चमा आएर कट्टु खोलेर फालेनी निरन्तर हुटिङ गर्छन । कम्युनिस्टका कार्यकर्ता नी नेता राजनैतिक रुपले पुरै नाङिगीइसके तर छेउमा बसेर हुटिङ्ग गर्नै ब्यस्त छन । मानौँ यिनको परिभाषामा कम्युनिस्ट कार्यकर्ता दबाब जागरण र आन्दोलन होइनन की फगत नेताले चढ्ने फाेल्डिङ्ग भर्याङग मात्रै हुन ।

    बिरोध गर्नेलाइ अरिङ्गाल प्रवृत्ति मात्रै देखाउने कार्यकर्ताले आफ्ना नेतालाइ आधरभुत प्रश्न सोध्ने हिम्मत गर्न किन सक्दैनन ? तिम्रा नेताहरुमा अहिलेका यी आधारभुत प्रश्नको उत्तर दिने हिम्मत छ ? छ भने आउ बहस गरौं । देशका मुख्य मुख्य माफियाहरु नै तिम्रा नेताहरुका वरीपरी कसरी र किन भए ? एकपछी अर्को अर्बौंका भ्रस्टाचारहरु किन गुपचुप भए ? कम्युनिस्ट हौ भने क्रान्तिकारी भुमीसुधार खोइ ? लागु गर्न कस्ले रोक्यो ? शिक्षा र स्वास्थ्यमा निजीकरणको अन्त्य खोइ ? माफियातन्त्रको अन्त्य खोइ ? ब्युरोक्रेसीको आधुनिकरण खोइ ? कृषिमा आधुनिकरण खोइ ? सैनिक आधुनिकरण खोइ ? गाउँको पाखोबारीमा डाेजर मात्रै लगाएर बिकास भएको ध्वाँस दिनेहरुले राजाहरुको पालामा बनेका मुख्य राजमार्गहरु नै हेर न ? तिम्रो दाबी हाबा साबित हुँदैन ? होइन भने तिमी भन्दा हिजोका सामन्ती राजाहरु अल्ली बिशेक भन्दा पचाउने हिम्मत गर । तिमिहरु बास्तबमा काङ्ग्रेसीहरु भन्दा नी कयौं गुणा खराब भैसकेउ । तिम्रो यही र यस्तै कार्यशैली र शासनपद्दती निरन्तर भयो भने भबिस्यमा यो तिम्रो शैली नै शासन ब्यबस्था परिबर्तनको प्रमुख कारक हुनेछ । जनताहरु केबल तिम्रा भोट बैंक मात्रै होइनन र सधैं हुने पनी छैनन । सधैं बिहानीको सुरु घाम उदाएर मात्रै हुँदैन, बादल लागेर नी हुनसक्छ… अस्तु !

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं