
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सचिन्द्र श्रेष्ठ। यूएईमा छरिएर रहेका नेवा:समुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘य:मरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ । नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुच:का अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।
आईतबार १५ डिसेम्बरका दिन दिनको १२:०० बजे देखि साँझ ४:०० बजे सम्म बुर दुबई स्थित जबेल पार्कमा दर्जनौ नेवा:समुदाय एबं अन्य संघ संस्था प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा य:मरी तथा समयबजी खादै मनोरंजनमा रम्दै मनाएको थियो। कार्यक्रममा नेवा:पुच:का अध्यक्ष नकर्मिका अनुसार कार्यक्रमका लागि यूएईका बिभिन्न राज्यहरुबाट उपस्थिति जनाएका थिए। ‘नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति,भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन मद्दत पुग्नूका साथै यो:मरी पुन्हिको महत्वका बारेमा प्रष्ठ पार्नु भएको थियो ।’
यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट ‘य:मरी ‘खाने र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले यस पर्वको नाम ‘य:मरी पुन्ही’ रहन गएको पाइन्छ।नेपाल भाषामा ‘यः’भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्ने गर्छ।पुन्हिको अर्थ पूर्णिमा हो,धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । 
नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ नयाँ धानको चामलको पीठो, चाकु,मुंगी, खुवा र तिलबाट य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो–सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गर्ने चलन छ।
धार्मिक विश्वास अनुसार आजको दिन देखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा मान्ने गरिन्छ । परम्परा देखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र यो:मरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुदा जाडोमा मास,तिल र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया