SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१ गते
    १८८ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ। यूएईमा छरिएर रहेका नेवा:समुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘य:मरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ । नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुच:का अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।

    आईतबार १५ डिसेम्बरका दिन दिनको १२:०० बजे देखि साँझ ४:०० बजे सम्म बुर दुबई स्थित जबेल पार्कमा दर्जनौ नेवा:समुदाय एबं अन्य संघ संस्था प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा य:मरी तथा समयबजी खादै मनोरंजनमा रम्दै मनाएको थियो। कार्यक्रममा नेवा:पुच:का अध्यक्ष नकर्मिका अनुसार कार्यक्रमका लागि यूएईका बिभिन्न राज्यहरुबाट उपस्थिति जनाएका थिए। ‘नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति,भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन मद्दत पुग्नूका साथै यो:मरी पुन्हिको महत्वका बारेमा प्रष्ठ पार्नु भएको थियो ।’

    यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट ‘य:मरी ‘खाने र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले यस पर्वको नाम ‘य:मरी पुन्ही’ रहन गएको पाइन्छ।नेपाल भाषामा ‘यः’भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्ने गर्छ।पुन्हिको अर्थ पूर्णिमा हो,धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ नयाँ धानको चामलको पीठो, चाकु,मुंगी, खुवा र तिलबाट य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो–सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गर्ने चलन छ।

    धार्मिक विश्वास अनुसार आजको दिन देखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा मान्ने गरिन्छ । परम्परा देखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र यो:मरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुदा जाडोमा मास,तिल र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं