SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/४/२२ गते
    ७६८ पटक

    बाग्लुङ्ग । नेपाली नारीहरुको महान पर्वत हरितालिका तिजको अबसरपारि यहि श्रावण २३ गते देखि ३२ गते सम्म बाग्लुङ्ग बजारको कालिका भगवती मन्दीर नजिकैको बाग्ङ्गेचौरमा छैटौं खेलकुद, साँस्कृतिक तथा तिज महोत्सव २०७४ हुने भएको छ ।

    राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुले यो १० दिनसम्म धौलागिरी क्षेत्रका आम नागरीकह्रुलाई मनोरञ्जन दिने मुल आयोजक समितिका संयोजक हस्त केसीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    उनका अनुसार नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल, यो समयकी निकै चर्चित गायीका ज्योती मगर, नेपाली तिज गितका बाध भनेर चिनिने पशुपती शर्मा, जुना श्रीस मगर लगायतका दर्जनौं कलाकारहरुले बजोड प्रस्तुती रहने छ ।

    नेपाली नारीहरुको महान पर्वतको अबसरमा आयोजना गरिएको कार्यक्रममा फरक फरक दिन नेपाली संगित बजारमा निकै नै चर्चाका गायक गायीकाले आफ्नो प्रतुती दिनेछन् । केसीले भने नेपाली सुगम संगितका हस्ती गायक प्रमोद खरेल, रमेशराज भट्टराई, राज सिग्देल, रामचन्द्र काफ्ले, अर्जुन पोखरेल, जुनु रिजाल, योगेशकाजी जस्ता कालाकारले धमाका मच्चाउने छन् ।

    यस्तै लोक बिधाका चर्चित गायक गायीकाहरु रामजी खाड, खुमन अधिकारी, बिष्णु खत्री, बिमलराज क्षेत्री, राधिका हमाल, देबि घर्ति, राजन गुरुङ्ग, गणेश गुरुङ्ग, चोलेन्द्र पौडेल, राजेन्द्र सापकोटा, कृष्ण अखेली, हस्त केसी, भरत क्षेत्री, सन्तोष बस्याल, धना सुनार, रुविन रेग्मी जस्ता देशै कै ख्याती प्राप्त कलाकारले यो महोत्सवमा आफ्ना प्रस्तुती दमदार रुपमा दिनेछन् ।

    रुद्रे पिपल युवा क्लवको मुख्य आयोजना तथा रामरेखा सामुदायिक बन उपभोक्ता समिति र कालिका भगवती गुठी ब्यावस्थापन समितिको सह आयोजनामा हुने महोत्सवको सबै तयारी सकिएको रुद्रे पिपल युवा क्लवका अध्यक्ष सुजन बस्यालले हामीलाई बताए । उनीले भने कार्यक्रमको सबै तयारी सकिएको छ । अब उद्घाटनपछि ख्याती प्राप्त कलकारहरुले आफ्ना पस्तुती दिनेछन् ।

    छैटौं खेलकुद, साँस्कृतिक तथा तिज महोत्सव २०७४ का कार्यक्रमहरुमा नयाँ संरचनाको वडा स्तरिय महिला तथा पुरुष भलिवल प्रगियोगिता, तिज गित प्रतियोगिता, तिज नृत्य प्रतियोगिता, धौलागिरी स्तरिय डान्स् आईडल, घैटोफोर प्रतियोगिता, रमाईलो मेला तथा बाल उद्यान सहितका अनेकौं कार्यक्रम रहेको महोत्सव कि आर्थिक संयोजक धना सुनारले सुचनाकेन्द्र डटकमलाई बताईन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad